दफा ६५
आधिकारिक प्रतिनिधि
(१) कुनै पनि व्यक्ति धितोपत्र व्यवसायीको प्रतिनिधि नियुक्त भएको कुरा उपदफा (३) बमोजिम बोर्डमा दर्ता भएपछि मात्र त्यस्तो व्यक्ति सो धितोपत्र व्यवसायीको लागि आधिकारिक प्रतिनिधि मानिनेछ ।
(२) उपदफा (१) बमोजिम प्रतिनिधि नियुक्त भएको कुरा बोर्डमा दर्ता गर्दा धितोपत्र व्यवसायीले प्रतिनिधि नियुक्त गरेको कुरा र प्रतिनिधि नियुक्त हुने व्यक्तिले पनि आपूm सो धितोपत्र व्यवसायीको प्रतिनिधि हुन मञ्जुर गरेको कुरा बोर्डलाई सूचना गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको पन्ध्र दिनभित्र बोर्डले प्रतिनिधिको नाम, ठेगाना तथा अन्य आवश्यक विवरण खुलाई तोकिए बमोजिम दर्ता किताबमा दर्ता गरी त्यस्तो प्रतिनिधिलाई प्रतिनिधि दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) कुनै कारणले प्रतिनिधि र प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायी बीच प्रतिनिधि राख्ने सम्बन्धमा भएको सम्झौता रद्द भएमा सोको सूचना तुरुन्त बोर्डलाई दिनुपर्नेछ र प्रतिनिधिले पनि आपूmले प्राप्त गरेको प्रमाणपत्र सात दिनभित्र बोर्डमा फिर्ता बुझाउनु पर्नेछ ।
(५) आधिकारिक प्रतिनिधिले गरेको सम्पूर्ण कामको जिम्मेवारी त्यसरी आधिकारिक प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको हुनेछ ।